Madhes Khabar
खेलकुद

त्रिदेशीय टि–२० सिरिजका लागि नेपाली टोलीको घोषणा, छैन सन्दिप लामिछानेको नाम

काठमाडौं,२९असोजः नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।
नेपाल, युएई र हङकङबीच हुने त्रिदेशीय टि–२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

त्रिदेशीय टि–२० सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए।

त्रिदेशीय टि–२० खेल्ने टोलीमा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

कात्तिक १ गतेदेखि सुरू हुने सिरिजमा नेपालले पहिलो खेल कात्तिक १ गते युएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ।सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। साभारः सेतोपाटीबाट

Related posts

बारामा आयाेजित `प्रसाैनी टी-२० महिला क्रिकेट कप´ काे उपाधि सर्लाहीले जित्याे

MadhesKhabar

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment