Madhes Khabar
खेलकुद

चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

वीरगन्ज,१८मंसिरःनेपाल प्रिमियर लिग (एनपीएलमा) मंगलबार भइरहेको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १६१ बरन बनाएको हो ।

चितवनका लागि रबि बोपाराले अर्धशतकीइ पारी खेल्दै ५१ रन बनाए भने कुशल मल्लले ३८ रन जोडे । बलिङ्तर्फ पोखराका लागि विपिन खत्री ,बास डि लिड र रेमन रेइफरले समान दुई दुई विकेट लिए ।

Related posts

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा

MadhesKhabar

भारतको लज्जास्पद हार, अस्ट्रेलियासंग १० विकेटले पराजित

MadhesKhabar

भारतसँगको खेलमा वीरगन्जका आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

MadhesKhabar

Leave a Comment