वीरगन्ज,२६असोजःनेकपा एमाले मधेस प्रदेशको उपाध्यक्षमा पर्साका विचारी यादव सर्वसम्मत चयन भएका छन् । जनकपुरधाममा आयोजित प्रदेश अधिवेशनबाट उपाध्यक्षमा यादव सर्वसम्मत चयन भएका हुन् ।
यस्तै अध्यक्षमा चण्डेश्वर मण्डलपनि सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ । यस्तै सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैसपनि सर्वसम्मत चयन भएका छन् ।
अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए ।
जनकपुरधाममा गत बुधवारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारीपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा पदाधिकारीहरू सर्वसम्मत चयन भएका हुन् ।

