Madhes Khabar
अन्तर्राष्ट्रिय

इजरायलमा भएकाे आक्रमणमा ९ नेपाली घाइते, २ काे अवस्था गम्भीर

काठमाडा‌ैं,२०असाेज: प्यालेस्टाइनले इजरायलमा गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् । १४ जना नेपालीले काम गरिरहेको एक फार्ममा भएको आक्रमणमा परेर ९ जना घाइते भएकाे र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायलको नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग निकट सम्पर्कमा रहेको जनाएको छ ।

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि पनि दूतावासले इजरायली अधिकारीसँग सम्पर्क र समन्वय गरिरहेको उल्लेख गरेको छ । दूतावासले स्थितिलाई ध्यानमा राख्दै इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सतर्क रहन र सुरक्षा उपायहरू पालना गर्न अनुरोध गरेको छ ।

नेपाल सरकारले इजरायलमा शनिबार भएको आतंकवादी हमलाको घोर भत्सर्ना गरेको छ । इजरायलका नागरिक र सरकारका साथै यस निर्मम हमलाका पीडितहरू साथै उनीहरूका परिवारहरूप्रति गहिरो समवेदना प्रकट गरिएको मन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या अहिलेसम्म ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएकाे इजरायली सेनाले दाबी गरेको छ ।

Related posts

ब्राजिलमा आँधीका कारण कम्तीमा २७ जनाकाे मृत्युु

MadhesKhabar

गंगा नुहाउन हिंडेका तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुदाँ २२ जनाको मृत्यु

MadhesKhabar

मक्काबाट मदिना जाँदै गरेका तीर्थयात्री सवार बस दुर्घटना, ४२ भारतीयको मृत्यु

MadhesKhabar

Leave a Comment