Madhes Khabar
खेलकुद

भारतविरुद्धकाे खेलमा नेपाली खेलाडीले प्रत्येक छक्काकाे २० हजार र शतक हाने ५ लाख पाउने

काठमाडौं,१५असाेज: चीनमा जारी १९औं एसियन खेलकुद अन्तर्गत क्रिकेटमा भाेली मंगलबार नेपालले भारतको सामाना गर्दैछ क्वार्टरफाइनलको यो खेल बिहान ६ः४५ बजेदेखि सुरु हुनेछ।

भारतविरुद्धको उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन ‘टिम ११’ ले नगद पुरस्कारको घोषणा गरेको छ। ‘टिम ११’ले भारतविरुद्धको खेलमा नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक चौका बराबर १० हजार रुपैयाँ, प्रत्येक छक्काको २० हजर रुपैयाँ दिने घोषणा ‘टिम ११’ गरेकाे छ।

यस्तै अधर्शक बनाउने नेपाली खेलाडीले १ लाख रुपैयााँ पाउने छन् भने भारतविरुद्ध शतक बनाए ती खेलाडीले ५ लाख रुपैयाँ पाउने ‘टिम ११’ले जनाएको छ।

यस्तै बलिङमा प्रत्येक विकेटको २० हजार रुपैयाँ दिने घोषणा उसले गरेको छ। ह्याट्रिक लिए २ लाख ५१ हजार तथा ४ विकेट लिए ३ लाख रुपैयाँ दिने घोषणापनि ‘टिम ११’ ले गरेको छ।

यस्तै, टिम ११ले भारतलाई हराए नेपाली टिमलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

Related posts

वीरगन्जले जित्यो पथलैया भेट्रान फूटबलको उपाधि

MadhesKhabar

जनकपुरकाे लगातार चाैथाे जित,लुम्बिनी १ रनले पराजित

MadhesKhabar

वीरगन्ज युनाइटेड ठाेरी गाेल्डकप फुटबलको फाइनलमा

MadhesKhabar

Leave a Comment