Madhes Khabar
मधेस प्रदेश

मलंगवामा कलेज पढ्ने दुई युवतीमाथि सामुहिक बलात्कार

सांकेतिक फोटो

सर्लाही,१३असोजः सर्लाहीको सदरमुकाम मलंगवामा दुई युवती सामूहिक बालात्कार भएको घटना प्रकाशमा आएको छ । मलंगवाकै एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै केटा साथीबाट बालात्कृत भएको प्रहरीले जनाएको छ।

गत भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बालात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ। पीडित युवतीले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका पटेर्वा सुगौलीका सुजित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। अर्का एक जना आरोपित फरार छन्।

आरोपित र पीडितहरू मलंगवा–२ को एउटै घरमा भाडामा बसेर पढ्दै आएका थिए । फार्मेसी दोस्रो वर्ष पास भएको उपलक्ष्यमा धनुषा जिल्ला सहिद नगरपालिका–४ मौरिया टोलका अनिकितकुमारले आफनो कोठामा भोज खान बोलाएर सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

सर्लाही घर भएका फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। साभार : अन्नपूर्णपोष्टबाट

 

 

 

 

Related posts

न्यायाधीश अनुपस्थित भएपछि अफताबविरुद्धको मुद्दाको पेशी स्थगित

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ २ जनाको मृत्यु

MadhesKhabar

जग्गाको विवाद हुँदा रौतहटमा एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment