सप्तरी,३२साउनःसप्तरीमा शुक्रबार तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० मा को १ ख ७४१४ नम्बरको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र मोटरसाइकलमा सवार ४२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त दुर्घटनामा ट्यांकरका चालक सिरहाकोा कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादवपनि घाइते भएका छन् । उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

