Madhes Khabar
स्थानिय

पर्सामा गाँजासहित दुई जना पक्राउ

वीरगन्ज,१२असाेज: पर्सामा प्रहरीले लागु ओैषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका लोटन राउत कुर्मी र देवलाल साह कलवारलाई चार किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साकै विन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभट्टा गाउँनजिक सडकमा साइकल चलाएर जाँदै गरेको अवस्थामा प्रहरीले शंका लागेर खानतलासी गर्दा उनीहरूको साथबाट गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

उनीहरूविरूद्ध लागुऔषध सम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए।

Related posts

जनकपुरबाट वीरगन्ज आउँदै गरेको बस दुर्घटना, ३२ जना घाइते

MadhesKhabar

पानीकाे समस्या समाधान गर्न वीरगन्ज महानगरले ४ हजार घरमा नि:शुल्क धारा जडान गर्दै

MadhesKhabar

बाराको निजगढमा अवैध रुपमा लगाइएको १६ कठ्ठा गाँजा खेती प्रहरीद्वारा नष्ट

MadhesKhabar

Leave a Comment