Madhes Khabar
शिक्षा

शिक्षकहरुले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौं,८असोज : राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।सोमबार माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

यहि असोज ६ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

 

Related posts

पर्साको पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन :मोबाइल जफत गर्न निर्देशन

MadhesKhabar

ठोरीका दुइ विधालयमा चोरी

MadhesKhabar

मनिहर्वाको विद्यालयमा थारुको अध्यक्षतामा ब्यवस्थापन समिती गठन

MadhesKhabar

Leave a Comment