Madhes Khabar
शिक्षा

शिक्षकहरुले सडकमै सुतेर गरे प्रदर्शन

काठमाडौं,८असोज : राहत शिक्षकहरुले काठमाण्डौको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् ।सोमबार माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् ।

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । आन्दोलित हुने शिक्षकहरुमा राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक रहेका छन् ।

यहि असोज ६ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ५ बुँदे सम्झौता भएको थियो । यो सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए । उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।

 

Related posts

बाराको पचरौता नगरपालिकाकाले एमबीबीएस पढ्ने दुई विद्यार्थीलाइ दियो जनही १० लाख

MadhesKhabar

पर्सा : गादीमाई आधारभूत विद्यालयमा थारुकाे अध्यक्षतामा व्यवस्थापन समिति गठन

MadhesKhabar

पर्सा औराहाको विधालयमा व्यवस्थापन समिति गठन

MadhesKhabar

Leave a Comment