Madhes Khabar
धर्म/संस्कृति

भोलिको “सदभाव रयाली” मा अनिवार्य सहभागी हुन कर्मचारीहरुलाई वीरगन्ज महानगरको निर्देशन

वीरगन्ज,७असोज : वीरगन्जमा केहिदिन यता दुइ फरक धर्मका समुदाबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले भोलि सोमबार निकाल्न लागिएको “सद्भाव रयाली” मा सहभागी हुन कर्मचारीहरुलााई निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा सोमबारको “सद्भाव रयाली” कार्यालय पोशाकमा अनिवार्य सहभागी हुन महानगरपालिका र त्यस मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई आग्रहसहितको निर्देशन दिइएका हो ।

वीरगन्जको आदर्शनगरस्थित स्वीमिङ पूल परिसरबाट सोमबार बिहान ११ बजे निस्किने उक्त “ सद्भाव रयाली” ले नगरको परिक्रममा गर्ने बताइएको छ ।

वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न “सद्भाव रयाली” को आयोजना गर्न लागिएको हो । वीरगन्जमा रहेको हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त स्थानीय युवाहरूको अगुवाईमा सोमबार बिहान ११ बजे आदर्शनगरस्थित स्वीमिङ पूल परिसरबाट “ सद्भाव रयाली” निकालिने तय भएको जनता समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर समितिका अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकममा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।

 

Related posts

वीरगन्जमा अन्तर विद्यालय लाेकनृत्य प्रतियाेगिता आयाेजना हुदैं

MadhesKhabar

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

भाठाधाम भन्दा ८ किमि भित्र रहेको ‘घोडे मसान’मा पूजपाठका लागि निकुञ्जले दियो अनुमति

MadhesKhabar

Leave a Comment