Madhes Khabar
धर्म/संस्कृति

भाठाधाम भन्दा ८ किमि भित्र रहेको ‘घोडे मसान’मा पूजपाठका लागि निकुञ्जले दियो अनुमति

प्रमोद यादव
पर्सा,१९साउनः
पर्साको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल भाठा धाममा रहेको दुग्धेश्वरनाथ महादेवको मन्दिर भन्दा अझै ८ किलोमिटर भित्र जंगलमा रहेको घोडे मसान बाबाको मन्दिरसम्म पुगेर पूजापाठ तथा दर्शन गर्न पर्सा राष्ट्रिय निकुञ्जले अनुमति दिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्जभित्रको बीच जंगलमा रहेको घोडे मसानमा पूजापाठ र दर्शनका लागि भक्तजनहरुलाई दुई दिन मात्रको अनु्ुमति दिएको हो । आज साउन १९ गते र भोलि साउन २० गतेका लागि मात्रै अनुमित दिइएको पर्सा राष्ट्रिय नियकुञ्ज कार्यालयले जनाएको छ ।

पर्साको पोखरिया नगरपालिका कार्यालयको सिफारिसमा पोखरिया–९ का अर्जुन् महत्तो चाई लगायतका मानिसहरुले आँफुहरुले वर्षौदेखि साउन महिनामा घोडे मसानमा पूजापाठ गर्दै आइरहेकोले यसपालि पनि अष्टयाम पूजा गर्नका लागि आवेदन दिएकाले उनिहरुको आवेदन स्वीकार गरी दुई दिनका लागि मात्र अनुमति दिइएको निकुञ्ज कार्यालले जनाएको छ ।

धार्मिकस्थल घोडे मसान, पर्साको पटेर्वा सुगौली गाँउपालिका–१ अन्तर्गत पर्ने भाठा धामदेखि उत्तरतर्फ ८ किलोमिटरको दुरीमा रहेको चूरे पहाडको चुचुरोमा अवस्थित छ । निकुञ्जको बीच जंगलमा रहेको चूरे पहाडको चुचुरोमा रहेको घोडे मसानमा महादेव भगवान्को त्रिशुल र माता पार्वतीको सानो मूर्ती स्थापना गरिएको छ ।

घना जंगलबीच पहाडमा रहेका कारण घोडे मसानमा हात्ती,बाघ लगायतका वन्यजन्तुको बाहुल्य क्षेत्र भएका काारण त्यहाँ पूजापाठ वा अन्य प्रयोजनाका लागि जाने अनुमति निकुञ्जले दिने गरेको छैन ।

Related posts

यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार मनाइँदै

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

तुलसीको बिरुवा रोपेर हरिशयनी एकादशी मनाइँदै

MadhesKhabar

Leave a Comment