Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा धार्मिक सदभाव बिगार्ने कुनैपनि गतिविधी कसैलेपनि नगर्ने सर्वपक्षीय सहमति

वीरगन्ज,७असोज : वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सहमति गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । उक्त सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

बैठकमा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमतिपनि गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शीव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्र्राफ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम , पर्साका प्रहरी उपरीक्षक कोमल शाह ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , प्रवक्ता रमेश पाण्डे , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वरचन्द्र यादव , नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ , नेता शशीकपुर मियाँ , हिन्दुवादी नेता रन्जित साह , ओमप्रकाश गुप्ता , नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी , जगरनाथपुर गाँउपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागीता थियो ।

Related posts

वीरगन्जका निजी अस्पतालहरुमा मुख्यमन्त्रीको छड्के अनुगमन, नेपाल इण्डो हस्पिटल बन्द गर्न निर्देशन

MadhesKhabar

पर्साकाे गुलरियामा आगलागीबाट चार घर जलेर नष्ट

MadhesKhabar

६ वर्षमा एउटा पुल र ६ सय मिटर सडक मात्र निर्माण

MadhesKhabar

Leave a Comment