Madhes Khabar
खेलकुद

यू–१९ साफ च्याम्पियनशिप: नेपाल पाकिस्तानसंग पराजित

काठमाडाैं,४असाेज: १९ वर्षमुनिकाे (यू–१९) साफ च्याम्पियनशिपमा आयाेजक नेपाल आफ्नाे पहिलाे खेलमा पाकिस्तानसँग पराजित भएकाे छ ।

बिहीबार काठमाडौंकाे दशरथ रङ्गशालामा भएकाे समूह ‘ए’ काे खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भएकाे हाे । पाकिस्तानका लागि अली जफरले खेलकाे ७६ औँ मिनेटमा गाेल गरे । याे जितसँगै पाकिस्तानले ३ अङ्क जाेडेकाे छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि बिहीबार नै दिउँसाे भएकाे समूह ‘बी’ काे खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेकाे छ । दशरथ रङ्गशालामै भएकाे खेलमा भारतले १–० गाेलले हराएकाे हाे ।

याे प्रतियाेगिताकाे समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ‘बी’ मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

Related posts

साफ महिला च्याम्पियनसिप: भुटानसंग बराबरीमा राेकियाे नेपाल

MadhesKhabar

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो फूटसल प्रतियोगिताको उपाधी

MadhesKhabar

कुवेत ५५ रनमै अलआउट भएपछि नेपालको सानदार जित

MadhesKhabar

Leave a Comment