Madhes Khabar
राजनीति

अनिल रुंगटासहित ८ जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित

काठमाडौं,४असोजः नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा वीरगन्जका अनिल रुंगटा मनोनित भएका छन् ।बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुंगटासहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

सभापति देउवाले कांग्रेस विधानको धारा २१ को उपधारा १० बमोजिम उनिहरुलाई केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
कांग्रेस केन्द्रिय सदस्यमा मनोनित हुनेमा रुंगटासंगै गुल्मीका डा. चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाई, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह र कास्कीका शारदा पौडेल रहेका छन् ।

देउवाले मनोनित गरेका केन्द्रीय सदस्यमा चन्द्र भण्डारी, हुमागाई र शारदा पौडेल बाहेक रुंगटासहित अन्य ५ जना संस्थापन पक्षका हुन् । संविधानसभा सदस्य रुंगटा, २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्यमा पराजित भएका थिए । भण्डारी कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए । त्यस्तै विश्वकर्मा सहमहामन्त्रीमा पराजित भएका थिए ।

जोशी, हुमागाईं यस अघि पनि केन्द्रीय सदस्य थिए । किरणराज शर्मा पौडेल यसअघि आमन्त्रित केन्द्रीय सदस्य थिए । रुपन्देही ५ बाट गत निर्वाचनमा पराजित शाह त्यसअघि लेखा समितिको सभापति थिए ।

Related posts

मन्त्री भएपछि पर्साबासीको शीर ठाडो पार्ने गरी काम गरेको छु :खानेपानीमन्त्री यादव

MadhesKhabar

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

MadhesKhabar

जेष्ठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा

MadhesKhabar

Leave a Comment