वीरगन्ज,३ असोज:पर्साको कालिकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ट कुमार कलवारले चढ्दै आएको स्कोरपियोको ठक्करबाट मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन ।
गाँउपालिका अध्यक्ष कलवारले चढ्दै आएको ना १ झ १६८४ नम्बरको स्कोरपियोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकल चालक जगरनाथपुर गाँउपालिका ५ चिलझपटीका २२ बर्षीय वृजेश राउत बिन र त्यही ठाँउका २० बर्षीय निरन्जन मण्डल रहेको प्रहरीले जनाएको छ ।
घाईते मध्येका मोटरसाईकल चालक वृजेश गम्भीर छन् भने पछाडी बसेका निरन्जनको हात भाचेकाले उपचार पछि डिस्चार्ज भईसकेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।
गम्भीर घाईते वृजेशको बाराकाे परवानीपुर गाँउपालिका ५ स्थित रहेको एल.एस न्युरो अस्पतालको आइसियु कक्षमा उपचार भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।
प्रहरीका अनुसार गत भदौ ३१ गते राति वीरगन्ज –पोखरीया सडकखण्डको गर्दौलमा स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिएको थियो ।ठक्कर पछि गाँउपालिका अध्यक्ष चढ्दै आएको स्कोरपियो वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा रहेको थापाले बताए । घाईतेको उपचार गाँउपालिका कार्यालयले गराईरहेको र स्कारोपियो चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।साभार:नयाँपत्रिकाबाट

