Madhes Khabar
स्थानिय

वीरगन्जमा चाँदीको मुर्ती सहित साहिल पक्राउ

मधेसखबर
वीरगन्ज, १६ साउन : वीरगन्जबाट प्रहरीले चाँदीका मुर्ती सहित एक किशोरलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का १८ वर्षिय साहिल कुमार साह रहेका छन् ।

उनलाइ प्रहरीले वीरगन्ज भन्सार क्षेत्र नजिकको रजत जयन्ति चोकबाट पक्राउ गरेको हो ।भारतको रक्सौलबाट बीआर ०५ ए एस २१६२ नम्बरको मोटरसाइकलमा सवार भइ वीरगन्ज आउदै गरेका साहलाइ प्रहरीले रजत जयन्ति चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा साहले बोकेको ब्याग भित्रबाट चाँदीको मुर्ती र कचौरा गरि १ किलो १ सय ६ ग्राम चाँदीका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

चाँदीका सामान सहित पक्राउ परेका साहलाइ आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।

Related posts

वीरगन्जको बालसुधार गृहमा प्रहरी समयमै पुग्दा हुन पाएन ठूलो दुर्घटना

MadhesKhabar

२ अर्बको लागतमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम सुरु गर्दै वीरगन्ज महानगर र मन्त्रालय

MadhesKhabar

भारतकोओडिसामा नेपाली विद्यार्थीहरुमाथि भएको ज्यादतिको विरोधमा वीरगन्जमा मौन जुलुश प्रदर्शन

MadhesKhabar

Leave a Comment