Madhes Khabar
स्थानिय

वीरगन्जमा तस्करीको १० क्वीन्टल चिनी बरामद

वीरगन्ज,३०भदौं : भारतबाट तस्करी गरेर नेपाल ल्याइएको १० क्वीन्टल चिनी वीरगन्जको एक गोदामबाट प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्जमा रहेको एक गोदाममा छापा मारेर त्यहाँ भण्डारण गरि राखिएको १० क्वीन्टल चिनी बरामद गरेको हो ।

भन्सार छलेर चोरी पैठारी गरी चिनी भण्डारण गरी राखेको विशेष सूचनाको आधारमा गोदाममा छापामारी गरेर उक्त परिमाणको चिनी बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । उनकाका अनुसार बरामद चिनीको बजार मूल्य एक लाख रुवैयाँ रहेको छ ।

बरामद चिनी थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयलाई बुझाइएको थापाले जानकारी दिए ।

Related posts

कमसल पिच बनाएको भेटिएपछि सांसद यादवले लिए चासो,स्थानीयले ठेकेदारमाथि पोखे आक्रोश

MadhesKhabar

पर्साका सीडीओ सुबेदीको २ महिनामै सरुवा, पर्सामा अब दाहाल आउँदै

MadhesKhabar

पर्सा : गाँजा र तस्करलाई छुटाउन हुलहुज्जत गर्न पुगेका कारोबारीहरु प्रहरीको थप टोली पुगेपछि फरार

MadhesKhabar

Leave a Comment