Madhes Khabar
मधेस प्रदेश

राैतहटमा छुरा प्रहारबाट एक युवककाे मृत्यु

सांकेतिक फाेटाे

रौतहट,३०भदाैं: रौतहटको कटहरिया नगरपालिका– ५ मा शुक्रबार राति छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । कटहरियाका २५ वर्षीय सनीलराय यादवको छुरा प्रहारबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कटहरियास्थित खानेपानी कार्यालय छेउमा यादवका दाजुभाइ र अर्को पक्षबीच भनाभनपछि हात हालाहाल भएको थियो । झडपका क्रममा यादवको देब्रे कोखामा छुरा प्रहार भएको थियो ।

यादव घाइते अवस्थामा भुईंमा लडेर अचेत भएपछि स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया लगेका थिए । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेको हुन् ।राैतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले यादवको छुरा प्रहारबाट मृत्यु भएको पुष्टि गरे । ‘यादवमाथि के कारणले छुरा प्रहार भयो भन्ने अनुसन्धान सुरु गरेका छौँ,’उनले भने,‘घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएका छौँ । उनीहरूबाट वास्तविकता खुल्छ ।’

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कटहरिया– ५ का बद्री साह सोनार र उनका काका किसन साहलाई नियन्त्रणमा लिएको छ ।साभार:ईकान्तिपुरबाट

Related posts

मधेस प्रदेशमा छोराको तुलनामा छोरीको जन्म न्यून

MadhesKhabar

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

Leave a Comment