वीरगन्ज,२८भदौं : एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आज (बिहीबार) पाकिस्तान र श्रीलंकाबीच खेल हुँदैछ ।यी दुईबिचको खेल अपरान्नह सवा ३ बजे कोलोम्बोमा शुरु हुनेछ ।
श्रीलंका र पाकिस्तान दुवै टोलीले समान दुई खेलमा २–२ अंक जोडेका छन् । भारत दुई खेलमा ४ अंककासाथ शीर्षस्थानमा छ । श्रीलंका नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बंगलादेश अंकविहीन हुँदै पुछारमा छ । बंगलादेश सुपर फोरबाटै बाहिरिएको छ ।
श्रीलंका र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अंक हुनेछ । ४ अंक हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ । तर यदि वर्षाको कारण आजको खेल रद्द भएमा दुवै टोलीको समान ३ अंक हुनेछ । त्यसो भएमा नेटरनरेटको कारण श्रीलंका फाइनल खेल्नेछ ।
भारत फाइनलमा प्रवेश गरिसकेकाले आजको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बंगलादेशबीच हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

