Madhes Khabar
समाचार

क्रिकेटर आसिफ शेखमाथि बलात्कारको आराेप, तर प्रहरीले लिएन उजुरी

काठमाडौं ,२४भदाैं: नेपाली राष्ट्रिय क्रिक्रेट टिमका सदस्य आसिफ शेखलाई बलात्कार आरोप लागेको छ।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष काठमाडौं स्थित महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ। पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो। महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ।

कालीमाटीस्थित महिला सेल पुगेका पीडित पक्षले सोमबार रितपूर्वक निवेदन लिएर आउने बताएका थिए। एक युवतिले आसिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

प्रहरीले रितपूर्वक निवेदन आएपछि उनीमाथि अनुसन्धान हुने जनाएको छ। परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले आफूले पनि सो विषय हल्का जानकारी पाएको तर निवेदन दर्ता नभएको बताए।

‘आज दिउँसोतिर पीडितहरु आएको रिपोटिङ थियो, तर पछि निवेदन दर्ता भएको रहेनछ, भोली रित पूर्वक निवेदन लिएर आएमा अनुसन्धान अधि बढ्छ।’ एसपी ढुंगेलले भने। साभार:नागरिक

Related posts

मानव बेचबिखनको जालाे ताेड्न सफल पर्साका एसपी मिश्र सम्मानित

MadhesKhabar

पर्सामा ४ सय वटा सीमास्तम्भ मर्मत सम्भार

MadhesKhabar

वीरगन्जमा लागू औषधसहित ४ जना पक्राउ

MadhesKhabar

Leave a Comment