Madhes Khabar
मनोरञ्जन

भारतमा ६५ कराेडकाे ओपनिङ गर्दै शाहरुख खानकाे `जवान´ ले राख्याे किर्तिमान

काठमाडौं,२२भदाैं: बलिउड फिल्म ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खानले अभियन गरेकाे उकङ फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो ।

यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको थियो । ‘केजीएफ २’को हिन्दी संस्करणले ५३.९५ करोड भारु, ‘वार’ले ५१.६० करोड भारु, ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोड भारुको ओपनिङ गरेका थिए । यी सबै फिल्मलाई उछिन्दै ‘जवान’ले आक्रामक व्यापार गरेको हो ।

भारतीय मल्टिप्लेक्सहरु पीभीआर, आइनक्स र सिनेपोलिसको कमाइ मात्र ३१ करोड भारु छ । ‘पठान’ले तीन मल्टिप्लेक्स चेनमा मात्र २७ करोड भारु कमाएको थियो । यो अन्तर १८ प्रतिशतले वृद्धि हो । बक्स अफिसमा यो कमाइलाई शाहरुख स्वयंसँगको प्रतिस्पर्धा ठानिएको छ ।

नेपाली बक्स अफिसमा फिल्मले बिहीबार १.०५ करोड नेपाली रुपैयाँको ओपनिङ गरेको छ ।साभार:अनलाइनखबर

Related posts

सर्वाधिक कमाइ गर्ने तेश्राे हिन्दी फिल्म बन्याे ‘गदर २’

MadhesKhabar

विवादका बावजुद फिल्म ‘पठान’ले गर्‍यो कीर्तिमानी कमाइ

MadhesKhabar

‘लाल लाल लेहेंगा’ गाँउदै रक अवतारमा भोजपुरी गायक सुनिल पण्डित

MadhesKhabar

Leave a Comment