Madhes Khabar
राजनीति

जनमत पार्टीले सरकारलाई भन्यो : चिनियाँ राजदूतलाई तत्काल फिर्ता पठाउनुपर्छ

काठमाडौं,२१भदौं : जनमत पार्टीले चिनियाँ राजदुत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ ।पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै यस्तो माग गरेका हुन् ।

नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनिया राजदुतलाई नभएको उनले बताए । उपाध्यक्ष खानले चिनिया राजदुतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।

‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनुष्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदुतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’ साभार : अनलाइनखबरबाट

Related posts

लाेसपाकाे महाधिवेशन निर्वाचन निर्देशिका तयार पार्न साेनलकाे संयाेजकत्वमा समिति गठन

MadhesKhabar

काँग्रेसले टिकट नदिएका कुर्मी काँग्रेसलाइ नै हराउदै वडा अध्यक्षमा निर्वाचित

MadhesKhabar

संघीयता विरोधीहरुलाई समयले नै तह लगाउँछ : लोसपा नेता सोनल

MadhesKhabar

Leave a Comment