Madhes Khabar
प्रविधि

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

काठमाडौं ,१८भदाैं: यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।

मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले पैसा खर्च गर्नुपर्नेछ ।

रिपोर्ट अनुसार मेटाले तत्कालका लागि युरोपमा यस्तो सशुल्क सेवाको सुरुआत गर्ने निर्णय गरेको हो ।

युरोपेली युनियनका तर्फबाट विज्ञापन तथा प्राइभेसीलाई लिएर लगातार दबाब बढिरहेको बेला मेटाले आफ्ना सेवाबापत शुल्क लिने निधो गरेको छ ।

मेटाको योजना अनुसार युरोपेली युनियन सम्बद्ध देशका कुनै पनि प्रयोगकर्ताका लागि फेसबुक तथा इन्स्टाग्राममध्ये एउटाका लागि शुल्क तिर्दा अर्को प्लाटर्फम नि:शुल्क चलाउन पाइने व्यवस्था गरिनेछ । साथै सशुल्क सेवा लिनेका लागि फेसबुक तथा इन्स्टाग्राममा विज्ञापन देखाइनेछैन ।

फेसबुक तथा इन्स्टाग्रामको सशुल्क संस्करणका लागि कति शुल्क तिर्नुपर्ने छ भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन ।

मेटाले पनि युरोपमा सशुल्क सेवा सुरुआत गर्ने समाचारका विषयमा कुनै आधिकारिक भनाइ सार्वजनिक गरेको छैन ।साभार:अनलाइनखबरबाट

Related posts

समाजवादी विधार्थी युनियनको आयोजनामा ठाकुरराममा सुचना प्रविधी अन्तरक्रिया सम्पन्न

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमामा अवतरण

MadhesKhabar

Leave a Comment