काठमाडौं,२०बैशाख: नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले १ वर्षदेखि ३ अर्ब रुपैयाँ भुक्तानी नतिरेपछि भारतले उनिहरुकाे इन्टरनेट लाइन काटिदिएको छ । भारतबाट इन्टरनेट नआउँदा मुलुकभर इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
नेपालका ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, सुबिसु, भायानेटलगायतकाे सेवा बिहीबार दिउँसो देखि अवरुद्ध भएको हाे । अघिल्लो साता इन्टरनेट सेवा प्रदायकहरुले सरकारले विदेशी मुद्राको सटही सुविधा नदिए इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका थिए ।
बिहिबार दिउँसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायकहरुले जानकारी दिएका छन् ।
भारतीय कम्पनीको एयरटेल र टाटाको भुक्तानी बाँकी छ । उनीहरुले नेपालतर्फको लाइन काटिदिएका हुन् । नेपालमा आउने ८० प्रतिशत इन्टरनेट एयरटेल र टाटाबाट आउने इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ ।
सेवाप्रदायकहरुले सेवा अवरुद्ध भएको सूचना जारी गरेका छन् । सरकारले आजै सूचना प्रविधि र सञ्चार दिवस मनाइरहँदा इन्टरनेट काटिएको हो ।
एक साताअघि इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट जतिबेला पनि काटिन सक्ने चेतावनी सरकारलाई दिएका थिए ।