Madhes Khabar
धर्म/संस्कृति

धिरेन्द्र कृष्ण शास्त्री काठमाडौंमा , शनिबारदेखि शास्वतधाममा प्रवचन दिने

फाइल फाेटाे

पूर्वी नवलपरासी,१भदाैं: पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री काठमाडौं आइपुगेका छन् ।

चौधरी ग्रुपका निर्देशक वरुण चौधरीको निमन्त्रणामा आएका शास्त्री काठमाडौंमा रहेको चौधरीकै भिवान्त होटलमा बसेका छन् ।
शनिबार बिहान साढे ८ बजे भरतपुर विमानस्थल हुँदै उनी शाश्वतधाममा रहेको दुम्कौलीमा आउने छन् । त्यहाँ लगातार तीन दिन दिउँसो उनले हनुमान कथा वाचन गर्ने चौधरीग्रुपका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिए । शाश्वतधाम परिसरमा त्रिपाल टांगेर सर्वसाधारका लागि बस्ने व्यवस्था मिलाइएको छ ।

शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।

हरेक दिन दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म उनले कथा वाचन गर्ने बताइएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार शास्त्रीले शुक्रबार अपराह्न ४ बजे पशुपतिनाथ दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर दर्शनपछि शास्त्रीले सवा करोड दिप प्रज्वलन गरेको खतिवडाले जानकरी दिए । यो उनकै इच्छा अनुसार गरिएको हो । शुक्रबार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म मन्दिर परिसरमा हुने आरतीमा शास्त्री सहभागी थिए ।

उनी त्यहाँ पूजा र आरतीमा मात्र सहभागी भएको खतिवडाले जानकारी दिए । बागेश्वर धामका संरक्षक र बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र कृष्ण शास्त्री शुक्रबार बिहान एयर इन्डियाको जहाजबाट काठमाडौं आएका हुन् । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको उद्योगपति विनोद चौधरीको निजी मन्दिरमा हनुमान कथा प्रवचनका लागि उनी नेपाल आएका हुन् ।

शुक्रबार बिहान दिल्लीबाट काठमाडौं आइपुगेका शास्त्रीलाई चौधरी ग्रुपका निर्देशक वरुण चौधरी लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

शास्वतधाममा तीन दिनसम्म दैनिक करिब १० हजारले उनको कथा सुन्न सक्ने व्यवस्था मिलाइएको चौधरी ग्रुपको भनाइ छ । यसका लागि त्यहाँ सबै तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । उनको प्रवचन सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी गरिएको पनि आयोजकको भनाइ छ ।साभार:इकान्तिपुरबाट

Related posts

वीरगन्जमा यस वर्षपनि ‘गहवामाई रथ यात्रा’ भव्य रुपमा निकालिने

MadhesKhabar

आज नाग पञ्चमी पर्ब : के छ शास्त्रीय मान्यता ?

MadhesKhabar

गढीमाई मेलाका लागि बाराका १६ वटै पालिकामा ४ दिन सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment