Madhes Khabar
स्थानिय

पर्साको भिस्वामा सर्पले डस्दा एक युवकको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज,३१साउन : पर्साको ग्रामीण भेगमा मंगलबारराति सर्पको डसाईबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाका २४ वर्षीय सेठ महतो केवट रहेको प्रहरी चौकी भिस्वाका प्रहरी वरिष्ठ नायब निरीक्षक रुद्र भट्टले जानकारी दिए ।

प्रहरीका अनुसार , मंगलबारराति आफनै घरमा सुतिरहेका बेला करिब एक बजेतिर सर्पले केवटलाई डसेको थियाो । सर्पले डसेको केहि समयमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए ।

Related posts

पर्सामा १० केजी चरेससहित एक जना पक्राउ

MadhesKhabar

सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फु जारी,सिमराको सबै उडान रद्ध

MadhesKhabar

मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साह रिहा

MadhesKhabar

Leave a Comment