Madhes Khabar
राजनीति

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनिता देवीले लिइन् शपथ

काठमाडौं,२९साउन: जनमत पार्टी पनि संघीय सरकारमा सामेल भएकाे छ । साेमबार जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत पार्टी एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

Related posts

जनयुद्धकालदेखि नै माओवादीमा आबद्द पर्साका नेताहरुले छाडे प्रचण्डको साथ

MadhesKhabar

‘रूख’ मा भोट हाल्न पाउनुपर्ने काँग्रेस जिल्ला सभापतिहरुले बुझाए देउवालाइ ज्ञापनपत्र

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताउने अभियानमा युवासंगै अग्रजहरु पनि

MadhesKhabar

Leave a Comment