Madhes Khabar
राजनीति

जनमत पार्टी फेरि सरकारमा सामेल, मन्त्री अनिता देवीले लिइन् शपथ

काठमाडौं,२९साउन: जनमत पार्टी पनि संघीय सरकारमा सामेल भएकाे छ । साेमबार जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।

उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

यसअघि पनि जनमत पार्टी एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

Related posts

जनताको चाहना अनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो : रास्वपा उम्मेदवार कानु

MadhesKhabar

पर्सा–२ मा रास्वपाप्रति युवाहरुको आकर्षण :एमाले वडा कमिटी अध्यक्षसहित ८० जना रास्वपामा प्रवेश

MadhesKhabar

पर्सामा सांसदका उम्मेदवार प्राय पुरानै अनुहार

MadhesKhabar

Leave a Comment