Madhes Khabar
स्थानिय

बाराकाे जंगलमा बेवारिसे भेटिएको शिशुको आमा पनि बेवारिसे अवस्थामै फेला

बारा,१७साउन: बारा र रौतहटको सिमानमा पर्ने धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई पनि प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा फेला पारेको छ ।

बच्चा फेला परेको स्थान नजिक रोएर हिंडिरहेको अवस्थामा प्रहरीले चार महिने शिशुको आमालाई उद्धार गरेको हो । जंगलको बीचमा पर्ने सडकमा महिला रोएर हिडिरहेको खबर पाएपछि पुगेको ईलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलीले महिलालाई उद्धार गरी कार्यालय ल्याएको हो ।

प्रहरीका अनुसार उद्धार गरिएकी महिला भारत मोतिहारीकी हुन् । महिलाले आफ्नो घर मोतिहारी रहेको र श्रीमानले आफूसहित शिशुलाई ल्याएर जंगलमा छाडेको बयान दिएकी छिन् । श्रीमानले आफूलाई र शिशुलाई छुट्टाछुट्टै स्थानमा छोडेर भागेकाे उनले जानकारी दिएकी छिन् ।

पानीले भिजेको अवस्थामा फेला परेकी महिलाको शारीरिक र मानसिक अवस्था कमजोर देखिएको प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । श्रीमानले जंगलको बीचमा छाडेर हिडेपछि महिला आफ्नो सन्तान खोज्दै हिडेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

महिलाले दिएको जानकारी अनुसार प्रहरीले उनको माइती पक्षलाई खबर गरेको छ । उद्धार गरिएकी महिलालाई प्रहरीले मंगलबार फेला परेको शिशुको तस्विर देखाएपछि उनि रुन थालेकी थिईन् । उनले आफ्नो छोरालाई भेटाईदिन प्रहरीलाई आग्रह गरेकी थिईन् । प्रहरी निरीक्षक श्रेष्ठले महिलाको माईती पक्ष आएपछि बच्चाको आधिकारिकता पुष्टि हुने र परिवारको जिम्मा लगाईने बताए ।

पुल नजिकको सडकबाट उद्धार गरिएको शिशुलाई कलैयास्थित प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ । सडकबाट उद्धार गरेलगत्तै अस्पताल लगिएको शिशुको स्वास्थ्य अवस्था सामान्य छ । साभार:अन्नपूर्णपाेष्ट

Related posts

पर्सा जिल्ला अदालतमा ५७ प्रतिशत मुद्दा फर्छ्यौट

MadhesKhabar

हतकडीसहित भगाइएका लामा निजगढबाट पक्राउ

MadhesKhabar

वीरगन्जका मेयर सिंहको अग्रसरतामा शंकराचार्य गेट क्षेत्रमा थप सौन्दर्यकरणको काम सुरु

MadhesKhabar

Leave a Comment