Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

खाना पकाउने एलपी ग्याँसकाे मुल्य सिलिन्डरमा १३० रुपैयाँ घट्याे

काठमाडौं ,१६साउन: नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । अब पेट्रोलकाे मुल्य प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै आयल निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ ।

Related posts

निर्वाचन आयोगले जरिवाना तोके पछि पर्साका दलित उम्मेदवारहरु समस्यामा

MadhesKhabar

पर्सा ३ को (ख) मा स्वतन्त्र उम्मेदवारी दिने जसपा नेता शीवजी सोनीको घोषणा

MadhesKhabar

छठ पर्ब विधीवत शुरु

MadhesKhabar

Leave a Comment