वीरगन्ज ,१४साउन: पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवाबन गाउँको मुसहर बस्तीमा दलित अभिभावक संघ गठन गरिएको छ।
सुनिता देवी मुसहरकाे अध्यक्षतामा गठित दलित अभिभावक संघकाे सदस्यमा जय प्रकाश मुसहर , लालमुनी देवी मुसहर , रुक्मिनी देवी मुसहर , उर्मिला मुसहर , बिगनी देवी मुसहर , अर्जुन माझी मुसहर, झुलन मुसहर , अर्जुन पासवान, भुलाही माझी, बलिया देवी मुसहर र राजमती देवी मुसहर रहेका छन्।
शिक्षामा दलित बालबालिकाको पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , बालबालिकाको संरक्षण , शिक्षामा अभिभावकको भुमिका तथा शिक्षामा लगानी गराउने उदेश्यले दलित अभिभावक संघ गठन पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले बताए।
शिक्षा र चेतनाको कमी तथा गरिबीका कारणले दलित समुदायका बालबालिकाको शिक्षामा पहुच नहुदाँ समग्र दलित समुदायनै समाजमा पछाडि परेकाे दलित अगुवा उर्मिला देवी मुसहरले बताइन् ।
यसका साथै शिक्षाबाट बञ्चित हुँदै गर्दा दलित बालबालिका बालविवाहको चपेटामा पनि पर्ने गरेकाे र बालविवाहका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नुका साथै आर्थिक विपन्नता पनि थपिने गरेकाे उनले बताइन् ।
‘सानैमा विवाह हुन्छ, त्यसपछि बच्चाबच्ची जन्मिन्छन्, अनि उनीहरूको लालनपालनमा थप आर्थिक भार पर्छ,’ मुसहर समुदायकी अगुवा उर्मिला देवी मुसहरले भनिन्, ‘शिक्षामा कमजोरी हुँदा सँगसँगै अन्य समस्या पनि थपिँदै जान्छन्। दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन र सिकाइ उपलब्धि बढाउन सरकारले छात्रवृत्ति योजना लागू गरेको छ। तर यो छात्रवृत्तिको प्रभाव मुसहर समुदायमा परेको छैन । कौवाबनको मुसहरवस्तीमा ५० वटा घरधुरी छ , करिब ४५ जना विद्यालय जाने उमेरको बालबालिकाहरु रहेका छ्न तर विद्यालय जम्मा ५/६ जना बालबालिका मात्रै जाने गर्दछ्न।
गठित दलित अभिभावक संघको अगुवाइमा दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , विद्यालय निरन्तरता , गुणस्तरीय शिक्षा , विद्यार्थी सिकाई सुधार , अभिभावक शिक्षा तथा सामुदायिक निशुल्क ट्युसन कक्षा केन्द्र संचालन गर्ने क्रियाकलाप संचालन गरिने अध्यक्ष सुनिता देवी मुसहरले बताइन् ।
जयप्रकाश मुसहरकाे अध्यक्षतामा आयाेजित दलित भेलामा पिसफर दलितस फाउन्डेसन नेपालका सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान , सन्जोग राम लगायतको उपस्थिति रहेकोे पिसफर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए।

