Madhes Khabar
शिक्षा

भाैराटारकाे विद्यालयमा १०+२ कक्षा सञ्चालनका लागि आर्थिक सहयाेग गर्ने वडाअध्यक्षहरुकाे घाेषणा

वीरगन्ज ,५साउन : पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ५ भाैराटारस्थित नेपाल राष्ट्रिय सिताराम महताे माध्यमिक विद्यालयमा दश दुई जाेड(टेन प्लस टु ) कक्षा सञ्चालनका लागि वडा कार्यालयले आर्थिक सहयाेग गरेका छन् ।

 

टेन प्लस टु कक्षा सञ्चालनकाे अवसरमा शुक्रबार विद्यालयमा आयाेजित शुभकामना आदान प्रदान कार्यक्रममा बहुदरमाई नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद प्रसाद यादवले २ लाख ५५ हजार, वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले २ लाख ५१ हजार, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवले २ लाख ५० हजार, वडा नम्बर ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद यादवले २ लाख ५५ हजार ,वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेलीले २ लाख ५० हजार र वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोइरीले ५ लाख रुपैया वडाकाे बजेटबाट दिने प्रतिबद्धता व्यक्त गरेको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए।

 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अशोक प्रसाद कुशवाहाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) का मधेस प्रदेश सभा सदस्य प्रमोद जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा , शिक्षा शाखा प्रमुख प्रमोद यादव , नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य शिव पटेल , वडा अध्यक्षहरु प्रमोद यादव , जितेन्द्र पटेल, सुरेन्द्र यादव, सुनिल महतो कोइरी , वीरेन्द्र यादव , पुनिलाल साह तेली ,विद्यालयको सल्लाहकार समितिका पदाधिकारी ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी , अभिभावक , शिक्षक – शिक्षिका , कर्मचारी , विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक शिक्षक संदीप कुमार जैसवालले जानकारी दिए ।

Related posts

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

वीरगन्जमा नेपाल राष्ट्रिय अभिभावक संघको २४ औं स्थापना दिवस मनाइयो

MadhesKhabar

अङ्ग्रेजी माध्यममा पढाइ हुने वीरगन्जका सरकारी विद्यालयहरुमा विद्यार्थीको आकर्षण

MadhesKhabar

Leave a Comment