
वीरगन्ज, ३० असार : वीरगन्जस्थित श्रीराम अस्पतालको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रगतदान गरेका छन् ।श्रीराम अअस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेको १ वर्ष पुरा भएको उपलक्ष्यमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रगतदान गरेको अस्पतालकी सञ्चालिका डाक्टर दिप्ती यादबले जानकारी दिइन् ।
रगतदान गर्नेहरुमा डाक्टर सुनिल यादव, डाक्टर मनिष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एन्जिला पटेल लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।
श्रीराम अस्पतालले १ वर्ष अघिदेखि आमा सुरक्षा कार्यक्रम सुरु गरेकोमा हालसम्म सयौं गर्भवती आमाहरुलाई सुरक्षित प्रसूती सेवा प्रदान गरिएको अस्पतालकी संचालिका डाक्टर यादबले जानकारी दिइन् ।
आमा सुरक्षा कार्यक्रम १ वर्ष पुरा भएकाो अवसरमै शनिबार अस्पतालले विभिन्न व्यक्तित्वहरुलाई सम्मनित समेत गरेको छ ।
अस्पतालले समाजसेवी प्रकाश थारू, वीरगन्ज युवा समाजका संस्थापक कमल चौगाईं, संचारकर्मी आबिद हुसेन, राजु खण्डेलवाल, हेमा थापा, सौरभ राज पाण्डे र राजन श्रीवास्तवलाई सम्मानित गरेको हो ।

