Madhes Khabar
राजनीति

सरकारले मधेसका किसानका समस्या तर्फ ध्यान दिएन : सांसद यादव

वीरगन्ज,२९असार: पर्सा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य प्रदीप यादवले संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई काठमाडौँको चार किल्ला बाहिर निस्केर मधेसका कृषकहरूले भोगिरहेको समस्या बारे बुझ्न आग्रह गरेका छन् ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्रमुख सचेतक समेत रहेका सांसद यादवले काठमाडौँ र सिंहदरबार भित्रबाट मधेसका कृषकहरूको समस्या नदेखिने बताउँदै त्यस बाहिर नसिकेर मधेस भ्रमणमा जान आग्रह गरेका हुन् ।

‘म सभामुखमार्फत उर्जा मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु, तपाई काठमाडौँमुखी नहुनुहोस् । काठमाडौँमा बसेर किसानका समस्या देखिँदैन,’ उनले भने, ‘तपाईँ मधेसका किसानको सिँचाईको अवस्थालाई पनि हेर्नुहोस् । सिंहदरबारको आँखा गाउँतिर र मधेसतिर पनि जाओस् ।’

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले चुरे दोहन र जलवायु परिवर्तनको प्रभाव मधेस प्रदेशमा देखिएको भन्दै चिन्ता पनि व्यक्त गरे । उनले मनसुनको बेलामा पनि वर्षा नहुँदा सिंचाई अभावका कारण किसान मारमा परेको बताए ।

यादवले मधेसका नहरमा स्काभेटर लगाएर सफाई नगरिएकोको कारण पनि कृषकहरूलाई समस्या भइरहेको उनले गुनासो गरे । कृषि प्रधान देशमा किसान नै पिडित भएपछि देश समृद्ध हुन नसक्ने बताउँदै उनले किसानका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्नेमा जोड दिए ।

कृषकले भोगिरहेको समस्या प्रति सरकार अनुदार भएको बताउँदै उनले किसानलाई बिउ, मल र आवश्यक सिंचाईको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

Related posts

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेका विधार्थीहरु धर्नामा

MadhesKhabar

उपेन्द्र यादवबाट आजित पर्साका युवा नेता सोनीले पनि छाडे जसपा नेपाल

MadhesKhabar

Leave a Comment