Madhes Khabar
स्थानिय

पर्सागढीमा दलित विपन्नका लागि पाँच वटा नमुनावस्ती बनाउने मेयर पाठककाे घाेषणाा

वीरगन्ज ,२५ असार : पर्साकाे पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठकले आफ्नाे पाँच वर्षे कार्यकालमा नगरपालिकाको पाँच स्थानमा पिछडा वर्गकालागि नमुना बस्ति निर्माण गर्ने घाेषणाा गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ६ स्थिति शिव टाेलमा पर्सागढी नगरपालिकाद्वारा निर्मित नमुना एकिकृत डाेम बस्तिको साेमबार समुदघाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पाठकले पाँच वर्षे कार्यकालमा पाँच वटा नमुनाबस्तिको निर्माण गरिने बताएका हुन् ।

पर्सागढी नगरपालिका ६ मा चालु आर्थिक बर्ष २०७९/८० को नगरस्तरीय योजना बाट ५ कठ्ठा जग्गामा ८८ लाख रुपैयाँको लागतमा नगरपालिकाले डाेम जातिकाे १६ परिवारका लागि ३२ वटा सुबिधा सम्पन्न कोठा निर्माण गरि साँचो हस्तान्तरण गरेको हो ।

मेयर पाठकले चुनावको समयमा डाेम परिवारको बसोबासको समस्या देखेर आफुले चुनाव जिते नमुना बस्तिको निर्माण गर्ने प्रतिबद्धता अनुसार निर्माण गरेको बताए ।

 

कार्यक्रममा २ कठ्ठा जग्गा दान गरेका जग्गादाता शम्भु गिरिलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

उपमेयर चाैधरीकाे अध्यक्षतामा समुदघाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिरमण भट्टराई , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत स्थानीय बासी हरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य प्राबिधिक शाखा प्रमुख जंग बिजय साहले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख प्रदिप चौरसियाले गर्नुभएको थियो ।

Related posts

दुर्गा प्रसाईको अभियानमा लागेकाहरुले कलैयाको एभरेष्ट बैंकमा गरे ढुंगामुढा

MadhesKhabar

बारामा ढलान गर्न ठिक्क पारिएको पुल पसाहा खोलाको बाढीले बगायो

MadhesKhabar

पर्सा जिल्ला अदालतमा प्रहरीमाथि हातपात गर्न खोज्ने वडाध्यक्ष कलवार पक्राउ

MadhesKhabar

Leave a Comment