Madhes Khabar
स्थानिय

पर्सागढीमा दलित विपन्नका लागि पाँच वटा नमुनावस्ती बनाउने मेयर पाठककाे घाेषणाा

वीरगन्ज ,२५ असार : पर्साकाे पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठकले आफ्नाे पाँच वर्षे कार्यकालमा नगरपालिकाको पाँच स्थानमा पिछडा वर्गकालागि नमुना बस्ति निर्माण गर्ने घाेषणाा गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ६ स्थिति शिव टाेलमा पर्सागढी नगरपालिकाद्वारा निर्मित नमुना एकिकृत डाेम बस्तिको साेमबार समुदघाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर पाठकले पाँच वर्षे कार्यकालमा पाँच वटा नमुनाबस्तिको निर्माण गरिने बताएका हुन् ।

पर्सागढी नगरपालिका ६ मा चालु आर्थिक बर्ष २०७९/८० को नगरस्तरीय योजना बाट ५ कठ्ठा जग्गामा ८८ लाख रुपैयाँको लागतमा नगरपालिकाले डाेम जातिकाे १६ परिवारका लागि ३२ वटा सुबिधा सम्पन्न कोठा निर्माण गरि साँचो हस्तान्तरण गरेको हो ।

मेयर पाठकले चुनावको समयमा डाेम परिवारको बसोबासको समस्या देखेर आफुले चुनाव जिते नमुना बस्तिको निर्माण गर्ने प्रतिबद्धता अनुसार निर्माण गरेको बताए ।

 

कार्यक्रममा २ कठ्ठा जग्गा दान गरेका जग्गादाता शम्भु गिरिलाई दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

उपमेयर चाैधरीकाे अध्यक्षतामा समुदघाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिरमण भट्टराई , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत स्थानीय बासी हरुको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य प्राबिधिक शाखा प्रमुख जंग बिजय साहले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण योजना शाखा प्रमुख प्रदिप चौरसियाले गर्नुभएको थियो ।

Related posts

वीरगन्ज:शाेरुमबाट किनेकाे ४ दिनमै पल्सर माेटरसाइकल घर अगाडिबाटै भयाे चाेरी

MadhesKhabar

कानून व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

MadhesKhabar

वक्तृत्वकला प्रतियोगितामा विजयबस्ती माविका बजगाँई प्रथम

MadhesKhabar

Leave a Comment