वीरगन्ज,३१असाेज:४ दिन पहिलेमात्रै शाेरुमबाट किनेकाे २०० सीसीकाे अनटेष्ट पल्सर माेटरसाइकल वीरगन्ज-१० स्थित घर अगाडिबाटै आज(शुक्रबार)अपरान्ह चाेरी भएको छ।
वीरगन्ज-१० स्थित हरओम पार्टी प्यालेश नजिकैको घर अगाडि पार्किङ गरि राखिएको लुम्बिनी प्रदेश ०१-०१०प २५१६ नम्बरको पल्सर माेटरसाइकल आज अपरान्ह ४ बजेतिर चाेरी भएको माेटरसाइकल धनी राहुल कुमार बानियाले जानकारी दिए।
बाराकाे जितपुरस्थित आराेही माेटर्स शाेरुमबाट यहि असाेज २७ गतेमात्रै खरिद गरिएको माेटरसाइकल किनेकाे चारदिन पनि नबित्दै आज घरअगाडिबाटै चाेरी भएको बानियाले बताए ।
यसबारेमा जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइसकेको उनले बताए ।चाेरी भएको उक्त माेटरसाइकलकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ।

