Madhes Khabar
स्थानिय

काम समयमै सक्न उपमेयर आलमकाे निर्देशन

वीरगन्ज ,२३असार: वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले महानगरका विभिन्न वडामा भइरहेका विकास निर्माणका कामको स्थलगत अनुगमन गर्न सुरु गरेका छन् ।बिहानको समयलाई अनुगमनमा बिताउने अभिप्रायका साथ आलमले महानगरभित्रका विभिन्न स्थानमा अनुगमन गर्ने कार्यलाई निरन्तरता दिने बताएका छन् ।

 

शनिवार बिहान पनि उपमेयर आलमले वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्तामा भइरहेका विकास निर्माणका विभिन्न कार्यहरुको स्थलगत अनुगमन गरेका हुन् ।सम्बन्धीत शाखाका कर्मचारीलाई पनि संगै लिएर अनुगमनमा गएका उपमेयर आलमले निर्माण भइरहेको सडक, भवनको सहि तरिकाले काम गर्न ठेकेदार र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कार्य कुनै पनि बहानामा कसैले रोक्न नहुने तथा समय मै सम्पन्न गर्नुपर्नेमा आलमको जोड थियाे ।

 

अनुगमनको क्रममा महानगरपालिकाका कर्मचारी, स्थानिय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको पनि सहभागिता रहेको उपमेयर आलमका स्वकिय सचिव शेष कुमार हजराले जानकारी दिए ।

Related posts

पर्साकाे ग्रामीण नाकाबाट पटाकाकाे तस्करी शुरु

MadhesKhabar

वीरगन्जकाे मालपाेत कार्यालयबाट ८ जना बिचाैलिया पक्राउ

MadhesKhabar

अमलेखगञ्जमा आयल निगमको लापरवाही : विद्यालय गएका विद्यार्थीको रडमा छेडिएर मृत्यु

MadhesKhabar

Leave a Comment