Madhes Khabar
स्थानिय

सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज १० का ६ स्थानमा लगाइयाे स्पिड ब्रेकर

वीरगन्ज ,२३असार: सवारी दुर्घटना न्युनिकरणका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १० काे विभिन्न चाेकका सडकमा स्पिड ब्रेकर लगाइएकाे छ ।

वडाअध्यक्ष सुशील साह कानुकाे पहलमा वडास्तरीय बजेटबाट वडा नम्बर १० विभिन्न ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे हाे । वडाअध्यक्ष कानुका अनुसार, ठाकुराम क्याम्पसबाट सिर्सिया जाने चाेक, बालमन्दिर चाेक, टाउन हल अगाडि, नेपाल राष्ट्र बैंक अगाडि , अशाेकवाटीका जाने चाेक र आदर्श स्कुल अगाडि गरि ६ स्थानमा स्पिड ब्रेकर लगाइएको हाे ।

सहरकाे केन्द्रमा रहेकाे वडा नम्बर १० मा तिब्र गतिमा कारण सवारी दुर्घटना हुने क्रम बढेपछि त्यसैलाई मध्यनजर गरि स्पिड ब्रेकर लगाइएको वडाअध्यक्ष कानुले बताए । अहिले पहिलाे चरणमा २ लाख रुपैयाँको लागतमा ६ स्थानमा स्पिड ब्रेकर लगाइएकाे भन्दै उनले आगामी आर्थिक वर्षमा फेरि बजेट विनियाेजन गरि वडाका अन्य स्थानहरुमा पनि स्पिड ब्रेकर लगाइने जानकारी दिए ।

 

Related posts

सुकुम्वासीलाई लालपूर्जा दिदाँ जेल जान परेपनि तयार छु : अध्यक्ष अहमद

MadhesKhabar

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

MadhesKhabar

पोखरियाको धर्मशालामा कमसल सामग्री प्रयोग गरिएपछि स्थानीयबासीले रोके काम

MadhesKhabar

Leave a Comment