Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जकाे पशुपति मन्दीरमा आजबाट श्रावणी मेला सुरु

वीरगन्ज, १९ असार :वीरगन्जको चिनी मिल परिसरमा रहेकाे पशुपति मन्दीरमा आज(मंगलबार )बाट श्रावणी मेला सुरु भएको छ ।

आज पहिलो दिन जलयात्रा गरेर मेलाको सुरुवात गरिएको हाे ।
वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गरी जल भरेर काँवर यात्राको सुभारम्भ गरेका थिए ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको काँवर यात्रा नगर परिक्रमा पछि पशुपति मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो ।

वीरगन्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावर जल यात्रा सुरु गरिएको हो

काँवर यात्राको सुरुवात गर्दै मेयर सिंहले वीरगञन्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताए ।
पशुपति मन्दिरमा साउन महिनाभर मेला लाग्नुका साथै साउन महिनाको हरेक सोमबार काँवर यात्रा निकालिने विश्व हिन्दु परिषदले जनाएको छ ।

Related posts

सहिद दिवसमा वीरगन्जका हिन्दुवादीहरुले सम्झिए स्व. काशीनाथ तिवारीलाई

MadhesKhabar

बैभव वीरगन्जका लागि भाषा, संस्कृतिको जगेर्नापनि आवश्यक छ : मेयर सिंह

MadhesKhabar

आज महानवमी: नवरात्रीकाे अन्तिम दिन विशेष पूजा आरधना गरिदैं

MadhesKhabar

Leave a Comment