Madhes Khabar
धर्म/संस्कृति

बैभव वीरगन्जका लागि भाषा, संस्कृतिको जगेर्नापनि आवश्यक छ : मेयर सिंह

वीरगन्ज,१७फाल्गुनःवीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रमुख सिंहले बैभव वीरगञ्जका लागि यहाँका भाषा र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन् ।

वीरगन्जमा साहित्यिक चौतारी नेपालले १० औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको पाठ्यक्रम विमर्श तथा भाषा साहित्य प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मेयर सिंहले वीरगन्ज महानगरको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्तै भाषा, साहित्य तथा संस्कृतिको पनि महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने, ‘विद्यार्थीलाई भाषा र संस्कारसँगै संस्कृति पनि सिकाउन जरुरी छ, यो कुरामा शिक्षकसँगै अभिभावकले पनि ध्यान दिन आवश्यक छ । ज्ञानले धेरै जानेर पनि संस्कार छैन भने ऊ अज्ञानी कहलाउँछ । त्यसैले शिक्षासँगै संस्कार सिकाउनुपर्छ ।’

साहित्यिक चौतारी नेपालका बरिष्ठ सल्लाहकार प्राध्यापक डा. देबी नेपालले भाषा तथा साहित्यको जगेर्नामा वीरगन्ज महानगरले गरीरहेका प्रयासको प्रसंशा गरे । भोजपुरी भाषाको बाहुल्यता रहेको क्षेत्रमा नेपाली भाषा तथा साहित्य पढाउन चुनौतीपूर्ण भएपनि महानगरको ढाडसले सहज भएको उनको भनाई छ ।शिक्षक शिक्षिकाहरुले सिकाईको क्रमलाई निरन्तरता दिँदै साहित्य, भाषा तथा कलासँग विद्यार्थीलाई नजिक गराउनुपर्नेमा पूर्व प्राज्ञ सदस्यसमेत रहेका उनको जोड थियो ।

कार्यक्रममा नारायणी वाङ्मय प्रतिष्ठानका अध्यक्ष डा. बिशम्भर शर्मा, लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष एवम् पत्रकार महेशचन्द्र गौतम, राजधानी दैनक मधेश प्रदेश प्रमुख तुलसी भण्डारी, ह्वीन पर्साका अध्यक्ष आनन्द थामी लगायतले भाषा तथा साहित्यको संरक्षण तथा प्रवद्र्धनका बारेमा आफ्नो धारणा राखेका थिए ।

भाषा, साहित्यसँगै सामाजिक कार्यमा पनि सक्रिय रहेको साहित्यिक चौतारी नेपालले वीरगन्ज महानगरका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने कार्यशालाको आयोजना गरेको अध्यक्ष गीता भण्डारीले बताइन् । उनकाअनुसार कार्यशालामा नेपाली भाषा तथा साहित्यसँगै विद्यार्थीलाई अध्यापन गराउँदाका चुनौती लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
२ दिनसम्म चल्ने कार्यशालामा देबी नेपालसँगै पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले प्रशिक्षण दिइरहेका छन् । कार्यशालामा वीरगन्ज महानगर भित्रका २५ वटा सामुदायिक विद्यालयका ५० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ ।
साहित्यिक चौतारी नेपालकी केन्द्रीय कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव रामप्रसाद सुवेदीले गरेका थिए ।

Related posts

विश्वप्रसिद्ध गढीमाई मेलामा २ करोड बढी दर्शनार्थी आउने अनुमान

MadhesKhabar

विवाह स्थल बन्दै गढीमाई मन्दिर

MadhesKhabar

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै

MadhesKhabar

Leave a Comment