Madhes Khabar
धर्म/संस्कृति

विराटनगरको राधाकृष्ण रथयात्रामा घुसपैठ गरेर उच्छृखल गतिविधि गर्ने ११० जना पक्राउ

विराटनगर,२१ भदौं :विराटनगरमा शनिबार आयोजित श्रीराधाकृष्ण रथयात्राका क्रममा घुसपैठ गरेर उच्छृखल गतिविधि गरेको आरोपमा १ सय १० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार विराटनगरमा सम्पन्न रथयात्राका क्रममा ठूलो संख्यामा हुने श्रद्धालु भक्तजनको भीडमा पसेर विभिन्न उच्छृंखल गतिविधि गर्नेहरुलाई जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले रथयात्राका क्रममा नियन्त्रणमा लिएका १ सय १० जनामध्ये महिला तथा बालबालिकासमेत रहेको जानकारी दिए। उनले बालबालिकासहित ४५ जनालाई भने उनीहरुको अभिभावकको बोलाएर पुनः कार्यालयमा उपस्थित हुने गरी तारेखमा बुझाइएको बताए।

Related posts

वीरगन्जबाट पैदल अयाेध्या पुगेर फर्किएका युवाहरुलाई मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

दिपावली सकिएलगत्तै मधेसमा छठको तयारी सुरु

MadhesKhabar

दशैंको सातौ दिन : मधेसमा महिला भक्तजनले दुर्गा भवानीलाइ खोइच भर्दै

MadhesKhabar

Leave a Comment