Madhes Khabar
कृषि

पटेर्वासुगाैलीकाे निचुटामा किसानहरुलाई कृषि उपकरण, मल र विषादी वितरण

वीरगन्ज ,१७असार : पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ५ मा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण , जैविक मल र विषादी वितरण गरिएको छ ।

वडा नम्बर ५ निचुटामा आइतबार आयाेजित कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान , जैविक मल र विषादी वितरण गरेका हुन् ।

तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् ।

किसानहरुलाई ती सामग्री प्रदान गर्दै गाँउपालिका अध्यक्ष चाैधरीले कृषकहरुकाे बाहुल्यता रहेकाे आफनाे पालिकाले नयाँ नीति तथा कार्यक्रम र बजेटमा पनि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएकाे बताए । व्यसायिक कृषिमा लागेका किसानहरुलाई अझ प्राेत्साहित गर्न विभिन्न याेजनाहरु ल्याइएकाे भन्दै उनले किसानकाे साथमा आफुहरु सदैव रहेकाेपनि बताए ।

त्यसअवसरमा गाँउपालिकाका कर्मचारी , छनाैटमा परेकाे सहकारी संस्थाका कर्मचारी , अगुवा किसान लगायतको पनि उपस्थिति रहेकाे थियाे ।

Related posts

कृषि औजार कारखाना बारे चासो लिदै उद्योगमन्त्री रिजालले भने : जसरी पनि चलाएर छाड्छु

MadhesKhabar

नगवामा ३ कराेडकाे लागतमा कृषि बजार निर्माण हुँदै, सांसद यादवले गरे शिलान्यास

MadhesKhabar

किसानका समस्या समाधानको माग गर्दै बारामा एमालेले बुझायो आठ बुँदे ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment