Madhes Khabar
खेलकुद

सिमरामा जारी प्रदेशस्तरीय फुटबल : सर्लाहीलाई स्तब्ध पार्दै सिराहा तेश्रो

बारा, १६ असार : बाराको सिमरामा जारी दोश्रो रामनारायण मिश्र प्रदेशस्तरीय फुटबल प्रतियोगितामा सिराहा तेश्रो भएको छ ।
तेश्रो स्थानको लागी शुक्रबार बेलुकी सिमरा रंगशालामा भएको खेलमा सर्लाहीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सिराहा प्रतियोगिताको तेश्रो स्थान हासिल गर्न सफल भएको हो ।

सिराहाको जितमा अन्जन हमालले दुई र अमन लामाले एक गोल गरे । सर्लाहीका लागी एक मात्र सान्तवना गोल शिव चौलगाईले गरे । तेश्रो भएको सिराहाले नगद २० हजार रुपैया प्राप्त गरेको छ ।उक्त खेलको म्यान अफ द म्याच सिरहाका अन्जन हमाल घोषित भए ।

प्रतियोगिताको उपाधीका लागि शनिबार भइरहेको फाईनलमा साबिक उपविजेता बारा र रौतहट जिल्ला फुटबल संघले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैया पाउनेछन् । मधेस प्रदेश फुटबल संघको आयोजना तथा बारा जिल्ला फुटबल संघको सह आयोजनामा असार ११ गतेदेखि जारी प्रतियोगितामा ८ वटा टिमको सहभागिता छ ।

Related posts

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

विश्वकप क्रिकेटमा भारतकाे लगातार चाथाे जीत, कोहलीले शतक हानेपछि बंगलादेश पराजित

MadhesKhabar

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

Leave a Comment