Madhes Khabar
खेलकुद

बारा प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा

बारा,१४अस : बारा , बाराकाे सिमरामा जारी मधेस प्रदेश स्तरीय दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार राती भएको खेलमा सिरहालाई ६–३ ले पराजित गर्दै बाराले फाइनलकाे यात्रा तय गरेको हो।

बाराको जितमा सागर चौधरी र निरज थापा मगरले दुई-दुई गोल गरे भने सुशान्त चौधरी र उदित चौधरीले एक-एक गोल गरे। सिरहाका लागि बिनु मगर, अमन हमाल र सुजन मगरले गोल गरेका थिए।

खेलको पहिलो हाफमा २–० ले अग्रता लिएको बाराले चार गोल दोस्रो हाफमा गरेको थियो। सिरहाले दोस्रो हाफमा गोलअन्तर घटाएपनि हार टार्न भने सकेन। खेलको म्यान अफ दि म्याच बाराका सागर चौधरी घोषित भए।

यसैगरी विहिबार भएको पहिलो खेलमा महोत्तरीलाई ५–२ ले पराजित गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश गरेको छ। सर्लाहीको जितमा अनिल मगरले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रीक गरे। सर्लाहीका लागि दुई गोल भने सागर स्याङ्तान र सविन स्याङ्तानले गरेका थिए। उक्त खेलमा महोत्तरीका लागि निशान्त आले र कृष्ण राणाले एक-एक गोल गरे।

 

प्रतियोगिता अन्तर्गत बिहीबार रौतहट र सर्लाहीबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ। रौतहट र सर्लाहीबीचको विजेताले फाइनलमा बारासंग उपाधीका लागि भिडन्त गर्नेछ।

शिक्षा तथा समाजकल्याण मन्त्रालयको सहयोगमा मधेस प्रदेश फुटबलसंघ र बारा जिल्ला फुटबलसंघले आयोजना गरेको प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुने टिमले २० हजार नगद प्राप्त गर्नेछन्।

Related posts

वेस्ट इन्डिजसंग हुने सिरिजका लागि नेपाली टोली घोषणा,वीरगन्जका आसिफ र आरिफ पनि परे टिममा

MadhesKhabar

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

MadhesKhabar

यू–१९ एसिया विश्वकप छनोट : नेपालको लगातार चौथो जित

MadhesKhabar

Leave a Comment