Madhes Khabar
शिक्षा

शंकरसरैयाको विद्यालयलाई उपकार सेवाले दियो पाँच थान पंखा

वीरगन्ज, ११ असार : पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ५ शंकरसरैयास्थित एक सामुदायिक विद्यालयलाई परोपकारी संस्था उपकार सेवा नेपाले पंखा सहयोग गरेको छ ।शंकरसरैयास्थित सरस्वती सामुदायिक विद्यालयलाई उपकार सेवा नेपालले पाँच थान पंखा सहयोग गरेको हो ।

सोमबार विद्यालयमै पुगेर संस्थाकी अध्यक्ष विद्या सरावगी सहितको टोलीले विद्यालयका प्रधानाध्यापकलाई पाँच थान पखा प्रदान गरेको हो । कक्षाकोठामा पंखा नुहदा गर्मीमा बालबालिकाहरुलाई पठनपाठनमा समस्या भएको थाहा पाएपछि सोमबार पाँच थान पंखा सहयोग गरिएको संस्थाका सदस्य सज्जन अग्रवालले बताए ।

पंखा हस्तान्तरण गर्ने अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु , अंकुर शर्मा , सुमन देवीका साथै विद्यालयका शिक्षक शिक्षिकाहरुको पनि उपस्थिती थियो ।

Related posts

ठाकुरराम क्याम्पसमा प्रदर्शन गर्ने चार विधार्थी प्रहरी हिरासतमा

MadhesKhabar

माफी नमागे गाैतम मावि विरुद्ध आन्दोलन गर्ने अभिभावकहरुकाे चेतावनी

MadhesKhabar

वीरगन्जसहित पर्सा जिल्लाभरका विद्यालयहरु तत्काल खाेल्न प्याब्सनकाे आह्वान

MadhesKhabar

Leave a Comment