Madhes Khabar
स्थानिय

वीरगन्जको आइसिपीमा सुर्य नेपालले रोपेको विरुवा हुर्काएर इन्टरमोडेललाई हस्तान्तरण

वीरगन्ज, ९ असार : वीरगन्जको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) परिसरमा सुर्य नेपाल प्रा.लि.ले तीन बर्ष अघि गरेको वृक्षारोपण शनिबार आइसीपी सञ्चालक नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई हस्तान्तरण गरेको छ ।

सुर्य नेपाल प्रालिले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत गरेको आइसीपिी परिसरमा तीन वर्ष अगाडि विभिन्न प्रजातिका दुई हजार वटा विरुवा रोपेकोमा त्यसकोे हेरचाह, स्याहार सुसार गरि हाल १ हजार ७ सय विरुवा हुर्काएर नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई हस्तान्तरण गरेको हो ।

शनिबार आयोजित विरुवा हस्तान्तरण कार्यक्रममा सुर्य नेपाल प्रा.लि.सिमराका महाप्रबन्धक सुरेशकाजी श्रेष्ठले सुर्य नेपालले पर्सा र बारा जिल्ला क्षेत्रमा पर्यावरण जोगाउने उदेश्यले बृक्षारोपण कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाएको बताए ।उनले जीतपुर सिमरा सडक खण्डमा समेत बृक्षारोपण गरेको बताउँदै अगामी बर्षमा त्यस क्षेत्रमा डेढ लाख विरुवा रोप्ने लक्ष्य रहेको जानकारीपनि गरााए ।

महाप्रबन्धक श्रेष्ठले सुर्य नेपालले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी लगायतका क्षेत्रमा लगानी गर्दै आएकोपनि बताए ।

बीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बडुवालको प्रमुख आतिथ्यमा भएको बृक्षारोपण हस्तान्तरण कार्यक्रममा बीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशिष कुमार लाठ, टर्मिनल हेड गणेश प्रसाद घिमिरे, टर्मिनलका महाप्रबन्धक सुभाष कुमार सुवेदी, सुर्य नेपालका प्रालि सिमराका फाईनान्स प्रमुख उमेश थापा, प्रशासन प्रमुख सर्विन श्रेष्ठ लगायतको पनि सहभागीता थियो ।

 

Related posts

सिडिओ कार्यालयको वार्तामा सहमति भएपछि अलौंको आइसिपी चोकको प्रदर्शन स्थगीत

MadhesKhabar

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

पर्सामा सालको काठसहित ७ वटा साइकल बरामद,तस्करहरु फरार

MadhesKhabar

Leave a Comment