Madhes Khabar
स्थानिय

पर्सामा सालको काठसहित ७ वटा साइकल बरामद,तस्करहरु फरार

प्रमोद यादव
पर्सा,३जेठःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बाट वन कर्मचारीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ । सब डिभिजन वन कार्यालय बढ्निहारबाट खटिएको जमदार जीतबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले शनिबार बिहान करिब ३ बजेतिर पर्सागढी नगरपालिका–३ को फ्याक्ट्रीदेखि उत्तरतर्फ हनुमान मन्दिर जाने बाटोबाट सातवटा साइकलमा बोकेर ल्याइँदै गरेको काठ नियन्त्रणमा लिएको हो ।

बरामद काठ करिब ३२ घनुफिट रहेको छ । साइकलसहित बरामद काठलाई सब डिभिजन वन कार्यालय बडुनियारमै राखिएको छ। वन अधिकृत जमदार तामाङका अनुसार तस्करहरु फरार भएको र उनिहरुको खोजीकार्य जारी छ।
प्र्सामा रहेको स्थानीय राष्ट्रिय वन क्षेत्रमा काँचो सालका रूख अवैध रूपमा कटान हुने क्रम बढेसँगै वनजंगल मासिदैं गएको स्थानीयले बताएका छन् ।अत्याधिक फडानीका कारण पर्यावरणमा समेत गम्भीर असर परेको छ। वन विनासका कारण नियमित वर्षामा कमी आएको तथा खेती योग्य जमिनमा खडेरीको असर देखिन थालेको कृषकहरूले बताएका छन्। साथै, भूमिगत पानीको सतह पनि खस्किँदै गएको छ।

Related posts

वीरगन्ज लाइ व्यवस्थित शहर बनाउने निर्णय

MadhesKhabar

आधाभारमा भएकाे सवारी दुर्घटनाका मृतक र घाइतेहरुकाे पहिचान खुल्याे

MadhesKhabar

भारतको चुनावका लागि बाराका सीमा नाकापनि तीन दिनका लागि बन्द हुने

MadhesKhabar

Leave a Comment