Madhes Khabar
गण्डकी प्रदेश

जन्ती बाेकेकाे जिप दुर्घटना हुदाँ एकै गाउँका ५ जनाकाे मृत्युु

गोरखा,८असार: गाेरखाकाे सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।दुर्घटनामा १२ जना घाइते भएका छन् ।

सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट दुई सय ५० मिटरको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

दुर्घटनामा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षीया नविना थापा र ६४ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको तनहुँस्थित आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।साभार:इकान्तिपुर

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment