Madhes Khabar
प्रविधि

वीरगन्जमा रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जको परिक्षण प्रसारण सुरु

वीरगन्ज,७ असार : नेपाल पोष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चल ९५.१ मेगाहर्जले बुधबारदेखि आफ्नो परिक्षण प्रसारण शुरु गरेको छ । सिमा क्षेत्रको सूचना,संगित तथा कला संस्कृतिको जेगर्ना गर्ने उदेश्यका साथ वीरगन्जमा सञ्चालित रेडियो सिमाञ्चलले प्रसारण यात्रा शुरु गरेको हो ।

रेडियोले निकट भविष्यमै नियमित प्रसारणपनि सुरु गर्ने रेडियोका अध्यक्ष मनोज पटेलले बताए । वीरगन्ज १४ श्रीपुरमा आफ्नै स्टेसन टावर राखी रेडियोले परिक्षण प्रशारण शुरु गरेको उनले बताए ।

पर्सामा संचालनमा रहेको विभिन्न रेडियो तथा एफ. एम. स्टेशनको बिचमा स्रोताको माग अनुसारको कार्यक्रम गीत–संगीत,मनोरञ्जनात्मक एवं समाचार मुलक कार्यक्रमहरु प्रस्तुत गर्ने रेडियो सिमाञ्चलले लक्ष्य लिएको पटेलले बताए ।

१०० वाट क्षमताको रेडियो प्रसारणको इजाजत प्राप्त गरेको रेडियो सिमाञ्चलले स्रोताहरुको माग अनुसार प्रसारण क्षमता बढाउदै लाने समेत पटेलले बताए ।

 

 

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

टिकटक बन्द गर्ने निर्णयले दुई अर्ब भन्दा बढी रकम जाेगिएकाे प्रधानमन्त्रीका आइटी विज्ञकाे दाबी

MadhesKhabar

Leave a Comment