Madhes Khabar
राजनीति हेडलाइन

वीरगन्जमा जनमत पार्टीले मधेस विरोधी भन्दै जलायो बजेट

वीरगन्ज, ७ असार : आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरुले बजेटको प्रतिलिपी जलाएका छन् ।

बिहीबार अपरान्ह घण्टाघर चोकमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शन गर्दै बजेटको प्रतिलिी जलाएका हुन् । संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि उनिहरुले दिएका छन् ।

आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबै भन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए । सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रबृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको सर्राफले बताए ।

प्रदर्शनमा सहभागी जनमत पार्टीकी नेतृ एंव पूर्वराज्यमन्त्री करिमा बेगमले मधेसीमाथि शासकको औपनिवेशिक शासन जारी रहेको भन्दै यस्तो बजेट स्वीकार नगर्ने चेतावनी दिइन् । जनमत पार्टीका नेता शशी कपुर मियाँले बजेट संशोधन नगरिए र शासकले मधेसप्रतिको विभेद जारी राखे मधेसमा पुन आन्दोलन चर्कााउने चेताावनी दिए ।

प्रदर्शनमा जनमत पार्टीका नेता बीपी साह, राष्ट्रिय परिषद सदस्य डा. अजय यादव, जिल्ला इन्चार्ज माधव सिह,सहसंयोजक मुकेश द्विवेदी , नेताहरु प्रहलाद गिरि , श्याम गुप्ता ,अनिता रौनीयार , विधार्थी नेता राजुराज गिरि लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Related posts

माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

MadhesKhabar

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका दुई नेताले छाडे पार्टी

MadhesKhabar

पर्साको ठोरीमा नमूना मतदान, सिडिओले पनि हाले भोट

MadhesKhabar

Leave a Comment