Madhes Khabar
खेलकुद

साफ च्याम्पियनसिप : पहिलो खेलमा नेपाल कुवेतसंग पराजित

काठमाडौं, ६ असार : साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा बुधवार भएको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ, शाइबाइबा अल्खाल्दीले ४१ औँ र मोहम्मद अब्दुल्लाहले ६५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपालका अञ्जन विष्टले ६८ औँ मिनेटमा सान्त्वना गोल फर्काए ।

साविक उपविजेता नेपालले अब आउँदो शनिवार असार ९ गते घरेलु टोली भारतसँग खेल्नेछ । समूह ’ए’ मा नेपालसँगै भारत, पाकिस्तान र कुवेत छन् । समूह ’बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् ।

प्रतियोगिताको १४ औँ संस्करणमा लेबनान र कुवेतले आमन्त्रित टोलीको रूपमा खेल्न लागेका हुन् । सार्कमा रहेको श्रीलङ्का भने फिफाको प्रतिबन्धका कारण यस पटक प्रतियोगितामा सहभागी हुन पाएको छैन ।दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल आउँदो असार १९ गते हुनेछ ।

 

Related posts

नेपाल ८ वर्षपछि यू-१९ विश्वकपमा

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री क्रिकेट कप : रञ्जितको शतकमा लुम्बिनी विजयी

MadhesKhabar

टी-२० विश्वकप क्रिकेट खेल्ने नेपाली टाेलीकाे घाेषणा: वीरगन्जका शेख दाजुभाइ पनि परे टिममा

MadhesKhabar

Leave a Comment